माघ १६, काठमाडौं । हिमालयन डिष्टिलरी लिमिटेडले आफ्ना शेयरधनीहरुको बैंक खातामा नगद लाभांश गरिदिएको छ । कम्पनीको गत पुस २९ गते सम्पन्न वार्षिक साधारणसभाले पारित गरेको हाल कायम चुक्ता पूँजीको ५० प्रतिशत नगद लाभांश शेयरधनीले हितग्राही खातामा उल्लेख गरेको बैंक खातामा जम्मा गरिदिएको हो ।
हालसम्म पनि हितग्राही खातामा आफ्नो बैंक खाता अद्यावधिक नगराएका शेयरधनीहरुले हितग्राही खाता खोलेको सम्बन्धित निक्षेप सदस्यमा सम्पर्क गरी नेपाल क्लियरिङ्ग हाउसको आईपीएस सदस्यता प्राप्त आफ्नो कुनै पनि बैंक तथा वित्तीय संस्थाको खाता नम्बर अपडेट गर्न अनुरोध गरेको छ ।







