रिक्त रहेको बीमा समितिको अध्यक्ष बन्नका लागि आकांक्षीहरुले शक्तिकेन्द्रमा दौडधुपलाई तिब्र पारेका छन् । तर सरकारले समितिको अध्यक्ष पदमा पुर्व प्रशासकलाई नियुक्त गर्ने तयारी गरेको स्रोतले जनाएको छ ।
बीमा क्षेत्रमा बेथिति बढेको, समितिले पर्याप्त नियमन गर्न नसकेको, र यो क्षेत्रमा ब्यापक सुधार गर्नु पर्ने देखिएकोले सरकारले पुर्व प्रशासकलाई समितिको जिम्मेवारी दिने तयारी गरेको बताईएको छ।
स्रोत भन्छ ' समितिमा आफ्नो अडान लिएर काम देखाउन सक्ने तथा बोल्ड निर्णय गर्न सक्ने व्यक्ति आओस् भन्ने सरकारको चाहना छ, त्यसैले अध्यक्ष पदमा चर्चामा नै नआएको व्यक्ति आउनु हुन्छ' ।






