सानिमाको म्युचुअल फण्डमा १ अर्ब ६ करोडको आवेदन


  • Shangrila Dev Bank News Ad
  • Prabhu Bank
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
सानिमाको म्युचुअल फण्डमा १ अर्ब ६ करोडको आवेदन

सानिमा क्यापिटल Sanima Capital  ले निष्काशन गरेको म्युचुअल फण्डमा १ अर्ब बढीको आवेदन परेको छ  । म्युचुअल फण्डमा आवेदन दिने अन्तिम दिन आज बिहिबार ५ बजेसम्ममा ७५ हजार ८ सय ८४ आवेदकबाट १ अर्ब ६ करोड ६६ लाख ९४ हजार ५ सय रकमको आवेदन परेको हो ।

क्यापिटलले माघ ९ गते १ अर्बको नयाँ सामुहिक लगानी कोष (म्युचुअल फण्ड) इकाईको सार्वजनिक निष्काशनको बिक्रि खुला गरेको हो ।  क्यापिटलले सानिमा म्युचुअल फण्ड अन्तर्गत संचालन हुने गरी १ अर्ब आकारको 'सानिमा लार्ज क्याप फण्ड' नामक बन्दमुखी योजना संचालन गर्न लागेको हो ।

जस अन्तर्गत क्यापिटलले प्रति इकाई मूल्य १० रुपैयाँको दरले १० करोड इकाई निष्काशन गरेको हो । जस मध्ये डेढ करोड इकाई वा कुल बिक्रि भएको इकाईको १५ प्रतिशत इकाई कोष प्रबर्दक सानिमा बैंक र कोष ब्यबस्थापक सानिमा क्यापिटललाई छुट्याईएको थियो । बाँकि रहेको ८ करोड ५० लाख इकाईमा सर्बसाधारणलाई आवेदन दिएका हुन् । 

Read More
  • MBL - below news
  • EBL Ad news