टीएमएस गम्भीर समस्या : बिक्रीमूल्यभन्दा खरिदमूल्य बढी भए पनि किनबेच भएन सेयर


  • Shangrila Dev Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
टीएमएस गम्भीर समस्या : बिक्रीमूल्यभन्दा खरिदमूल्य बढी भए पनि किनबेच भएन सेयर

काठमाण्डौ। ट्रेडिङ मेनेजमेन्ट सिस्टम (टीएमएस) मा आज बिहीबार समस्या देखिँदा सयौँ लगानीकर्ता प्रभावित भएका छन्। 

बिक्रीमूल्यभन्दा खरिदमूल्य बढी भए पनि सेयर किनबेच नभएको हो। बिक्रीमूल्यभन्दा खरिदमूल्य अधिक भए पनि नेप्सेमा सूचीकृत कम्पनीका सेयर म्याचिङ नभएकाले सेयर किनबेच भएको छैन। 

टीएमएसमा प्राप्त सूचनाका आधारमा लगानीकर्ताहरुले सेयर किनबेच गर्नुपर्ने हुन्छ। सेयरको मूल्य नै गलत प्रवाह भइरहेकाले आज सेयर कारोबार निकै नराम्रोसँग प्रभावित भइरहेको हो।

टीएमएसमा प्रभु इन्स्योरेन्सको बिक्रीतर्फ १० कित्ता प्रतिकित्ता रु. ९५४ छ भने खरिदतर्फ १०० प्रतिकित्ता रु. ९५८ का दरले समेत म्याचिङ भएको छैन। c

Read More
  • MBL - below news