काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीवार कारोबार खुला भएको दुई मिनेटभित्रै प्रभु लाइफ इन्स्योरेन्स र आरम्भ चौतारी लघुवित्तको शेयरमूल्य ९ प्रतिशतभन्दा बढीले बृद्धि भएको छ । यस अवधिमा प्रभु लाइफको ९ दशमलव ९७ प्रतिशतले बढेर अन्तिम मूल्य रू. ६९५ र आरम्भ चौतारीको ९ दशमलव १४ प्रतिशतले बढेर अन्तिम मूल्य रू. १ हजार ५८८ पुगेको हो ।
यी दुबै कम्पनीको शेयर खरिद चाप उच्च हुदाँ मूल्यमा पनि उच्च बृद्धि देखिएको हो । प्रभु लाइफको १ लाख ७६ हजार ६१८ कित्ता शेयर खरिद माग रहेको छ भने विक्रीकर्ता आएका छैनन् । त्यस्तै आरम्भ चौतारी लघुवित्तको पनि ३ हजार २३१ कित्ता शेयर खरिद माग भएपनि विक्री कर्ता देखिएका छैनन् । यो अवधिसम्म बजार पनि ५ दशमलव ३६ अंक बढेर २ हजार ४४७ दशमलव २१ विन्दुमा पुगेको छ ।







