काठमाडौं । नेशनल हाइड्रोपावरको वर्षौदेखि फसेको ६५ करोड रुपैयाँ उठ्ने भएको छ । नेशनल हाइड्रोपावर मुख्य प्रवद्र्धक रहेको सुनकोशी हाइड्रोपावर कम्पनीले गरेको ४.५ मेगावाट क्षमताको तल्लो इन्द्रावती जलविद्युत आयोजनाको अनुमति कम्पनीले लिन सक्ने भएपछि वर्षौदेखि फसेको रकम उठ्ने भएको हो ।
नेशनल हाइड्रोपावरले आफ्नो क्यासकेट आयोजना लामो समयसम्म पनि निर्माण नथालेपछि यो आयोजनाको अनुमति पत्र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आदेश अनुसार २०७१ पुस ३० गते उर्जा मन्त्रालयको सचिव स्तरीय निर्णयले खारेज गरेको थियो। यो आयोजनाको लाइसेन्स खोसिएसँगै यसका लागि भएको ६५ करोड रुपैयाँ खर्चलाई कम्पनीले प्रोभिजनिङ गर्नु परेको थियो।







