काठमाडौं : नेप्सेमा सूचीकृत १० लघुवित्त कम्पनीहरुले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेका छन् । हाल नेप्सेमा ५२ वटा लघुवित्त कम्पनीहरु सूचीकृत छन् । दोस्रो त्रैमासको वित्तीय विवरण प्रकासन गर्ने अधिकांश लघुवित्त कम्पनीहरु मजबुत देखिएका छन् । चुक्ता पुँजी, रिजर्भ कोष, खुद नाफ र प्रतिसेयर अम्दानी लगायत प्रमुख सूचकहरुमा सुधार भएको छ । लघुवित्त कम्पनीहरुको मर्जर तथा एक्विजिसन र बोनस सेयरका कारण पुँजी बढेको देखिन्छ । हरौं पुस मसान्तसम्म कुन् लघुवित्तको अवस्था कस्तो छ ?
कुन कम्पनीको चुक्ता पुँजी कति ?
दोस्रो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेका १० मध्ये ८ लघुवित्तको चुक्ता पुँजी बढेको छ । स्वदेशी र नेपाल एग्रो लघुवित्तको पुँजी भने गत वर्षकै यथावत रहेको छ । मिर्मिरे लघुवित्तको चुक्ता पुँजी सबैभन्दा धेरै २०९.५२% ले बढेको छ । यस्तै, एनएमबि लघुवित्तको पुँजी पनि १५६.३०% ले बढेको छ । वित्तीय विवरण प्रकाशन गर्नेमध्येमा आरएमडीसी लघुवित्तको चुक्ता पुँजी सबैभन्दा धेरै १ अर्ब ३ करोड ४२ लाख २१ हजार रुपैयाँ छ । ...






