माघ १४, काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले रू. ७५ करोड बरावरको ७ लाख ५० हजार कित्ता ऋणपत्र निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ ।
कम्पनीले ऋणपत्र निष्कासन गर्नका लागि माघ ७ गते धितोपत्र बोर्डमा निवेदन दिएको हो । जसमध्ये कम्पनीले ३ लाख कित्ता सर्वसाधारणको लागि र ४ लाख ५० हजार कित्ता व्यक्तिगत तबरबाट विक्री गर्नेछ ।
कम्पनीले १० वर्ष सम्मका लागि वार्षिक ९ प्रतिशत ब्याजदरको लागि ऋणपत्र निष्कासन गर्नका लागि बार्डमा निवेदन दिएको हो । विक्री प्रबन्धकमा एनआइबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।







