सेयर बजार दोहोरो अंकले बढ्यो, नेपाल लाईफमा झुम्मिए लगानकर्ता !


  • Shangrila Dev Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
सेयर बजार दोहोरो अंकले बढ्यो, नेपाल लाईफमा झुम्मिए लगानकर्ता !

१४ माघ, काठमाडौं । बुधबार सेयर कारोबार मापक नेप्से परिसूचक दोहारो अंकले वृद्धि भएको छ । नेप्से परिसूचक १८ दशमलव ७६ अंकले बढेर २ हजार ४ सय ४१ दशमलव ७६ अंकमा पुगेको छ ।

नेप्से परिसूचक बढे पनि ‘क’ वर्गका कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स भने ओरालो लागेको छ । सेन्सेटिभ इन्डेक्स ०.८६ अंकले बढेर ४४६ दशमलव ३८ अंकमा झरेको छ । कारोबार रकम भने ८ अर्ब भन्दा थोरै माथि पुग्यो । दिनभर भएका ५९ हजार १ सय ५१ कारोबारबाट २०८ कम्पनीका १ करोड ५२ लाख ८९ हजार २५९ कित्ता किनबेच भएका छन् । जसबाट कारोबार रकम ८ अर्ब ६२ लाख ३८ हजार ७ सय ७० रुपैयाँ पुगेको छ ।

बुधबार कारोबार संख्याका आधारमा नेपाल लाइफ इन्स्यारेन्स पहिलो नम्बरमा देखिएको छ । धेरै कमाउनेमा पनि नेपाल लाइफकै लगानीकर्ताहरु देखिएका छन् । नेपाल लाइफको ९.९९ प्रतिशतले सेयर मूल्य वृद्धि भएर २ हजार ४ सय ११ रुपैयाँ पुगेको छ । आज विहानमात्रै नेपाल लाईफको सेयर मूल्य समायोजन भएको थियो ।

नेपाल लाइफले आगामी २८ गते साधारण सभा बोलाएको छ । साधारणसभा प्रयोजनका लागि आज बुधबारबाट बुक क्लोज मिति तोकिएको थियो । नेपाल लाइफले घोषणा गरेको ३१ प्रतिशत बोनस सेयर पछि मंगलबारको मूल्यलाई आधार मान्दै नेपाल लाइफले मूल्य समायोजन गरिएको हो ।

Read More
  • MBL - below news