राफसाफ चक्र छोटिँदा पनि क्लोजआउटको संख्या घटेन, प्राविधिक समस्या कि हेलचेक्र्याइँ ?


  • Shangrila Dev Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
राफसाफ चक्र छोटिँदा पनि क्लोजआउटको संख्या घटेन, प्राविधिक समस्या कि हेलचेक्र्याइँ ?

काठमाण्डौ । धितोपत्र कारोबारको राफसाफ चक्र छोटिँदा पनि क्लोजआउटको संख्या पुरानै तथ्यांक हाराहारीमा भएको छ।

गत आइतबारदेखि लागू भएको टी प्लस टु अर्थात् दुई कार्यदिनभित्रै धितोपत्र कारोबारको राफसाफ ३ कार्यदिनबाट छोटिँदा क्लोजआउट बढ्ने अनुमानविपरीत पुरानै लयमा क्लोजआउट पर्न थालेको हो।

गत आइतबार सम्पन्न धितोपत्र कारोबारको राफसाफ हिजो मंगलबार भएको थियो। हिजोको तथ्यांकअनुसार ९९ वटा कारोबारबाट १३ लाख ५७ हजार ७२८ रुपैयाँ क्लोजआउट पर्न गएको सीडीएस एन्ड क्लियरिङ लिमिटेडका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए। यसअघि दैनिक क्लोजआउट औसतमा १०५ वटा कारोबारबाट १४ लाख रुपैयाँ हाराहारी पर्ने गरेको प्रवक्ता न्यौपानेले बताए।

Read More
  • MBL - below news