नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडकाे बाेनस सेयरमा मूल्य समायाेजन भएकाे छ ।
कम्पनीकाे ३१ प्रतिशत बाेनस शेयर पछि नेप्सेले प्रतिकित्ता २ हजार १ सय ९२ रूपैयाँ कायम हुने गरी सेयर मूल्य समायोजन गरेको हाे । नेप्सेले मंगलबारको अन्तिम कारोबार मूल्य २ हजार ८ सय ७२ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।
कम्पनीकाे बिसाैँ वार्षिक साधारण सभा माघ २८ गते, बुधबार, होटल भिष्वा, वीरगञ्जमा हुँदैछ ।
सभामा आर्थिक वर्ष २०७५/७६ काे मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई ३१ प्रतिशत बोनस सेयर र २० प्रतिशत नगद (कर प्रयाेजनका लागि) गरि कुल ५१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।







