हाल दोस्रो बजारबाट सेयर खरिद गरेको पाँच दिनपछि मात्रै लगानीकर्ताको डिम्याट खातामा आउँछ। डिम्याट खातामा सेयर नआएसम्म त्यो सेयर बिक्री गर्न पाइँदैन।
बजार भने सार्वजनिक बिदाबाहेक एक सातामा ५ दिन मात्रै खुल्छ। त्यसकारण अहिले सेयर किनेको एक सातापछि मात्रै बिक्री गर्न पाउने अवस्था छ।
त्यो खाली रहेको पाँच दिनको अवधिमा बजार धेरै उथलपुथल हुन सक्छ।
लामो अवधिका लागि लगानी गर्ने लगानीकर्तालाई यसले त्यति धेरै असर नपार्ला। तर कारोबार गरिरहने वा उतारचढावबाट फाइदा लिन चाहनेलाई उपयुक्त अवसर छैन। उतारचढावका बेला थप हानी हुनबाट बच्न चाहनेलाई पनि सुविधा कम छ। ...







