नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आइपीओ तपाईंलाई कति कित्ता पर्ला ?


  • Shangrila Dev Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आइपीओ तपाईंलाई कति कित्ता पर्ला ?

काठमाडौं : नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आइपीओ यस साताभित्र बाँडफाँट गर्ने प्रारम्भिक तयारी गरिएको छ । बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटलका अनुसार सकेसम्म बुधबार प्री–अलोटमेन्ट गर्ने योजना बनाइएको छ । यद्यपि, डाटा भेरिफिकेसनको काम अझै धेरै बाँकी रहेकोे हुनाले बाँडफाँटका सम्बन्धमा अन्तिम निर्णय भने भइनसकेको बिक्री प्रबन्धकले जनाएको छ ।

तर, बुधबार प्री–अलोटमेन्ट भएमा भने शुक्रबारसम्म आइपीओ बाँडफाँट हुनेछ । नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आइपीओमा हालसम्मकै उच्च १५ लाख ५० हजार ९१ जनाले आवेदन दिएका छन् । जसमा १८ करोड २७ लाख ९९ हजार ९५० कित्ताका लागि आवेदन परेको छ । कुल १८ अर्ब २७ करोड ९९ लाख ९५ हजार रुपैयाँ बराबरको आवेदन परेको हो ।

Read More
  • MBL - below news