४ वाणिज्य बैंकको ऋणपत्र निष्कासन हुँदैः के हो ऋणपत्र, लगानी गर्दा के छ फाइदा?


  • Shangrila Dev Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
४ वाणिज्य बैंकको ऋणपत्र निष्कासन हुँदैः के हो ऋणपत्र, लगानी गर्दा के छ फाइदा?

चार वाणिज्य बैंक, एक फाइनान्स र एक विकास बैंकले ऋणपत्र निष्कासन गर्दैछन्। नेपाल धितोपत्र बोर्डबाट ६ वटा बैंक तथा वित्तीय संस्थाले ऋणपत्र निष्कासनका लागि स्वीकृत पाएका छन्। 

इन्भेष्टमेन्ट, प्राइम कमर्सियल, कृषि विकास र एनसिसी बैंकले ऋणपत्र जारी गर्दै छन्। त्यस्तै कामना सेवा विकास बैंक र मञ्जुश्री फाइनान्सले पनि ऋणपत्र जारी गर्नका लागि बोर्डबाट स्वीकृति पाएका छन्। 

प्राथमिक सेयरमा मागभन्दा कयौं गुणा आवेदन पर्ने गरेकोमा ऋणपत्र भने नबिकेको अवस्था देखिँदै आएको छ।ऋणपत्रको एक इकाई बराबर १ हजार रुपैयाँ अंकित मूल्य हुन्छ। 

कम्तिमा २५ इकाई अर्थात २५ हजार रुपैयाँ लगानी गर्नुपर्छ। यस्ता ऋणपत्र ५ वर्षदेखि १० वर्षे अवधिसम्मका लागि जारी गरिँदै आएको छ। 

धितोपत्र बजारमा ऋणपत्र खरिदबिक्री गर्न पाइन्छ। तर खरिद गर्नेहरु नहुँदा बजारमा सितिमिति ऋणपत्रको कारोबार भएको पाइँदैन। यदि खरिद गर्ने र बिक्री गर्ने दुवै पक्ष तयार भएमा दोस्रो बजारबाट खरिदबिक्री हुन सक्नेछ। ...

Read More
  • MBL - below news