सानिमा क्यापिटलले बिक्रीमा ल्याएको सानिमा लार्ज इक्वीटि फण्डको १.०७ गुणा बढी इकाई खरिदको लागि आवेदन परेको छ।
क्यापिटलका अनुसार अन्तिम दिन अर्थात मंगलबार साँझसम्ममा ६३ हजार २९१ जना आवेदकबाट ९१ करोड ३७ लाख १० हजार २०० रुपैयाँ बराबरको ९ करोड १३ लाख ७१ हजार २० कित्ता इकाई खरिदको लागि आवेदन परेको हो।
क्यापिटलले माघ ९ गतेदेखि प्रतिइकाई १० रुपैयाँ अंकित दरमा एक अर्ब रुपैयाँ बराबरको १० करोड इकाई बिक्रीमा ल्याउन लागेको हो। फण्डले १५ प्रतिशत इकाई कोष प्रवर्धक सानिमा बैंकलाई सुरक्षित गरी बाँकी रहेको ८ करोड ५० लाख इकाई सर्वसाधरणलाई बिक्री गर्न लागेको हो। उक्त फण्डमा न्यूनतम १०० देखि एक करोड इकाईसम्म आवेदन दिन पाउने व्यवस्था थियो।








