सेयर बजारमा अल्पकालीन कारोबारी हावी हुँदा खरिदबिक्रीमा उत्साह जारी


  • Shangrila Dev Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
सेयर बजारमा अल्पकालीन कारोबारी हावी हुँदा खरिदबिक्रीमा उत्साह जारी

काठमाडौं : सेयर बजारमा मंगलबार तुलनात्मकरुपमा बिक्रीकर्ता हावी भएको देखिएको छ । छोटो समयमा नाफा कमाएकाहरुले बुक गर्दा बजारले केही करेक्सन मुड देखाएको हो । विशेषगरी कारोबारीले निश्चित प्रतिशत मार्जिन राख्ने र त्यो विन्दु प्राप्त हुन बित्तिकै बेच्ने भएकाले पनि बजारमा अल्पकालीन कारोबारीको पनि प्रभाव पर्ने गर्छ । त्यसो त बजार करिब २ हजारको विन्दुबाट लगातारजसो बढेकाले पनि नाफा भएकाहरुले सुरक्षित गर्न खोज्नु सामान्य हो ।

तथापि, यसक्रममा क्रेताहरु पनि मनग्ये आएका छन् । बजारमा आएको आपूर्ति सहजै खपत भइरहेको छ । यसर्थ, दीर्घकालीन लगानीकर्ता त्रसित हुनु नपर्ने अनुभवीहरुको भनाई छ । तर अल्पकालीन कारोबारीहरुले जहिले पनि रक्षात्मक रणनीतिमा लागेका हुन्छन् । यसको प्रभावमा बजारमा देखिने गर्छ । पछिल्ला दिनहरुमा सेयर कारोबार रकममा भने उत्साह देखिएको छ । अनलाइन प्रविधि प्रयोगका कारण लगानीकर्तालाई सेयर खरिदबिक्रीमा निकै सजिलो भएको छ ।

Read More
  • MBL - below news