एनआईसी एशिया बैंकको डेबिट कार्ड लिन अब अनलाईनबाटै आवेदन दिन सकिने


  • KBL News Ad
  • ADBL
  • City Express
एनआईसी एशिया बैंकको डेबिट कार्ड लिन अब अनलाईनबाटै आवेदन दिन सकिने

काठमाडों । एनआईसी एशिया बैंकले अनलाइनबाटै डेबिट कार्ड आवेदन दिन सकिने सहज प्रणालीको शुभारम्भ गरेको छ । समयअनुरुप परिष्कृत सेवा तथा सुविधाहरू ल्याउने क्रमलाई निरन्तरता दिँदै बैंकले ग्राहकवर्गलाई जुनसुकै स्थानबाट र जुनसुकै समयमा आफ्नो मोबाइल, ल्यापटप वा कम्प्युटर प्रयोग गरी नयाँ डेबिट कार्ड अनलाईनबाट अनुरोध गर्न सकिने सेवा थालनी गरेको हो ।  

ग्राहकहरूलाई हरेक कामका लागि बैंकको शाखा पुग्न नपरोस् भन्ने हेतुले बैंकले आफ्नो वेबसाइमा रहेको iServe डिजिटल सेवामार्फत नयाँ डेबिट कार्ड अनुरोध गर्न सकिने व्यवस्था मिलाएको छ । उक्त iServe भित्र सेवाग्राहीहरूले आफ्नो यस बैंकमा रहेको खाता सम्बन्धी विवरण उल्लेख गरी Verify गरेपश्चात् डेबिट कार्ड आवेदको प्रक्रिया अगाडी बढ्नेछ र त्यसपश्चात ग्राहकले Instant Card वा Name Embossed Card तथा आफुलाई पायक पर्ने शाखा छनौट गर्न मिल्ने विकल्प राखिएको छ ।  

Read More
  • EBL Ad news