बुद्धभूमि नेपालले १२ लाख कित्ता आइपीओ बिक्री गर्न बोर्डसँग माग्यो अनुमति


  • Shangrila Dev Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
बुद्धभूमि नेपालले १२ लाख कित्ता आइपीओ बिक्री गर्न बोर्डसँग माग्यो अनुमति

काठमाडौं : बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनीले १२ करोड रुपैयाँ बराबरको आइपीओ बिक्री गर्न धितोपत्र बोर्डसँग अनुमति मागेको छ । कम्पनीले आयोजना प्रभावित स्थानीय र सर्वसाधारण दुवैलाई गरी १०० रुपैयाँ दरले कुल १२ लाख कित्ता आइपीओ बिक्री गर्न बोर्डसँग अनुमति मागेको हो । यसमा सिभिल क्यापिटल मार्केटले बिक्री प्रबन्धकको काम गर्ने भएको छ ।

 

कम्पनीले यस आइपीओको क्रेडिट रेटिङ पनि गराएको छ । रेटिङ एजेन्सी इक्रा नेपालले बुद्धभूमिको आइपीओलाई औसत भन्दा कम आधार जनाउने ‘ग्रेड ४ प्लस’ रेटिङ दिएको छ । यसले ४.९९३ मेगावटको लोवर टाडी खोला हाइड्रोपावर आयोजना नुवाकोट जिल्लामा निर्माण गरिरहेको छ । 

Read More
  • MBL - below news