बीमा कम्पनीमा झैं सेयरबजारको लागि पनि एजेन्टको व्यवस्था गर्दै धितोपत्र बोर्ड


  • Shangrila Dev Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
बीमा कम्पनीमा झैं सेयरबजारको लागि पनि एजेन्टको व्यवस्था गर्दै धितोपत्र बोर्ड

नेपाल धितोपत्र बोर्डले बीमा कम्पनीहरुमा बीमा अभिकर्ता कै स्वरूपमा सेयरबजारको लागि पनि आधिकारिक प्रतिनिधि तोक्ने प्रकृया अगाडी बढाएको छ। देशका विभिन्न ठाउँमा गएर सेयरबजारको बारेमा जानकारी दिने उदेश्यले आधिकारिक प्रतिनिधि चयन गर्ने प्रकृया अगाडी बढाईएको बोर्ड स्रोतले जनाएको छ। 

स्रोतकाअनुसार यसका लागि बोर्डले बोर्डका कार्यकारी निर्देशक डा. नवराज अधिकारीको संयोजकत्वमा एउटा समिति समेत बनाएको छ। उक्त समितिले सेयरबजारको लागि आधिकारिक प्रतिनिधि चयन गर्दा यसले पार्ने प्रभाव, चयन प्रकृया, उनीहरुको सेवा सुविधा लगायतका बिषयमा अध्ययन गरि प्रतिवेदन बुझाउनेछ। 

यतिमात्र नभई आधिकारिक प्रतिनिधि चयनका लागि चाहिने परीक्षाको मोडालिटी र परीक्षामा सोधिने सम्भावित प्रश्नहरुको संगालो निर्माण समेत उक्त समितिले गर्नेछ। 

Read More
  • MBL - below news