नेपालकै प्रतिष्ठित उद्यमी विनोद चौधरीको नाम जोडेर दोस्रो बजारमा चलखेल सुरु भएको छ। उनको नाम जोडिदा निश्चित कम्पनीको शेयर मूल्य तल माथि हुन थालेका छन्।
विशेषगरी पछिल्लो समय चौधरीलाई जोडेर बजारमा सूचिकृत वाणिज्य बैंक 'नेपाल क्रेडिट एन्ड कमर्स बैंक'(एनसीसी)मा चलखेल हुन थालेको छ। पछिल्लो समय चौधरीले आफ्नै परिवारको नाममा दोस्रो बजारबाट शेयर किनिरहेका छन्। सोहि कारण उक्त बैंकको कारोबारमा उनको संलग्नताको खबरले बढी चर्चा पाएको हो।
जसलाई दोस्रो बजारमा नबिल बैंकसँगको मर्जरको सङ्केतका रुपमा अर्थ्याउन बाध्य पारिदै लगिएको छ। बिभिन्न माध्यमबाट चौधरीको परिवारका सदस्यहरूले किनेकाे शेयरकाे कित्ता नै उल्लेख गरेर प्रवाहित भएका सूचनाले दोस्रो बजारका लगानीकर्ताहरु सोच्न बाध्य भएका छन्। दोस्रो बजारका लगानीकर्ताले ती खबरलाई पछ्याउदा छोटो समयमै एनसीसीको बजार मूल्य आकासिएको हो।
मूल्य आकासिएपछि नेप्सेले एनसीसी बैंकसँग स्पष्टीकरण साेधिसकेकाे छ भने जसको जवाफमा बैंकले शेयर बजारमा नै प्रभाव हुनेगरी कुनै निर्णय नभएकाे जनाएकाे छ।
मेरो लगानीलाई प्राप्त सूचना अनुसार चौधरीले एनसीसी बैंकको शेयर किनेको असत्य होइन। उनले दोस्रो बजारबाट प्रशस्त एनसीसीको शेयर उठाएका छन्। तर चौधरीले तत्कालै नबिलसँग मर्जरमा जाने उद्देश्यले ती शेयर किनेका भने होइनन्। उनले शेयर बजारमा लगानी गर्दा संयोगले त्यो कम्पनीको शेयर परेको मात्रै हो।
दोस्रो बजार उच्च स्रोतका अनुसार चौधरीले यति बेला दोस्रो बजारमा सक्रियता बढाएका छन्। चौधरी मात्रै होइन दोस्रो बजारमा सबै जसो ठुला उद्यमीले सक्रियता बढाएका छन्। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छादेखि वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालसम्म दोस्रो बजारका लगानीकर्ता हुन्। उपाध्यक्ष रामचन्द्र संघाइ देखि पूर्व अध्यक्ष रबिभक्त श्रेष्ठसम्म दोस्रो बजारमा राम्रै लगानीकर्ताको रुपमा चिनिछन्।
व्यवसायमा लाग्ने जो कोहीले दोस्रो बजारमा लगानी गर्छन्। त्यसलाई स्वभाविक रुपमा लिनु पर्छ। शेयर बजारमा लगानी भएका एक उद्यमी भन्छन् "व्यवसायीले स्टक मार्केटमा शेयर किन्यो भन्दा के अचम्मको कुरा भयो। बरु उनीहरूले शेयर कारोबार गर्न जान्दैनन् भन्नु चाहिँ आजको समयमा अचम्म लाग्दो विषय होला। किनकि व्यापारीले जुन सुकै कम्पनीमा लगानी गर्न सक्छन्। उनीहरूले आफूलाई राम्रो लागेको जुनसुकै कम्पनीमा होल्ड बढाउन खोज्नु राम्रो कुरा हो। यसमा के नकारात्मक कुरा छ ? राज्यले तोकेको मापदण्ड भित्र रहेर कारोबार गर्ने अधिकार नेपालको संविधानले नै प्रत्याभूत गरेको छ। त्यही अधिकार भित्र रहेर जो सुकै व्यवसायीले कारोबार गर्न सक्छ। फेरि स्टक मार्केटमा बकाइदा राज्यलाई कर तिरेर, राजस्व कार्यालयबाट अन्तिम कर तिरेको प्रमाणपत्र लिएर कारोबार गर्नु भनेको सबैभन्दा पारदर्शी कारोबार हो। त्यस्तो कारोबारलाई पनि गैर कानुनी लगानी जस्तो गरेर बजारमा व्याख्या गर्नु चाहिँ दुर्भाग्यपूर्ण हो" ।
पहिलेका व्यवसायीले कारोबार गर्ने तर शेयर बजारको कमै जानकारी राख्ने गरेका थिए। जसले गर्दा ठुला व्यवसायीले समेत यो बजारबाट कति लाभ लिन सकिन्छ भन्ने जानेका थिएनन्। तर यति बेला उनीहरूले दोस्रो बजारमा सक्रियता बढाएसँगै यो बजारको महत्त्वको विषयमा छलफल समेत गर्न थालेका छन्। जसको परिणाम स्वरूप केही व्यवसायीले आफ्ना कम्पनीलाई दोस्रो बजारमा सूचीकृत गराउँदा हुने फाइदाका विषयमा विश्लेषण गर्न थालेका छन्।
तर यति हुँदा हुँदै पनि अझै धेरै व्यवसायी दोस्रो बजारमा आफै कारोबार गर्न जान्दैनन्। अधिकांश व्यवसायीका पोर्टपोलियो अरुले नै म्यानेज गरिरहेका छन्।उनीहरुले नै कुन शेयर किनिदिने र कुन शेयर बेचिदिने भन्ने निर्णय गर्ने गर्छन्। पोर्ट फोलियो म्यनेज गर्नेले पैसा दिनेकै परिवारको नाममा कारो







