आजसम्म कायम सेयरधनीले नेपाल लाइफ इन्स्योरेन्सको ५१% लाभांश पाउने


  • Shangrila Dev Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
आजसम्म कायम सेयरधनीले नेपाल लाइफ इन्स्योरेन्सको ५१% लाभांश पाउने

काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको बम्पर लाभांश सुरक्षित गर्ने आज माघ १३ गते अन्तिम मौका रहेको छ।

लाभांश र वार्षिक साधारणसभा प्रयोजनका लागि यो कम्पनीले भोलि माघ १४ गतेदेखि माघ २६ गतेसम्म बुक क्लोज गर्न निर्णय गरेको छ। यसको अर्थ आजसम्म कायम सेयरधनीहरुमात्र यो कम्पनीले आर्थिक वर्ष २०७५/७६ का लागि प्रस्ताव गरेको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।

कम्पनीले यही माघ २८ गते आफ्नो २० औँ वार्षिक साधारणसभा डाकेको छ। सभा वीरगन्जमा हुनेछ।

सभाले आर्थिक वर्ष २०७५/७६ का लागि प्रस्ताव गरेको कुल ५१ प्रतिशत लाभांश अनुमादन गर्नेछ। जसमा ३१ प्रतिशत बोनस सेयर र बाँकी २० प्रतिशत नगद लाभांश रहेको छ।

Read More
  • MBL - below news