काठमाडौं । विशेष गरी कार्तिकपछि नेपालको धितोपत्र बजार उचालिन थालेपछि यसबाट सरकारले प्राप्त गर्ने पुँजीगत लाभकर पनि बढेको छ । चालु आर्थिक वर्षको पहिलो ६ महिनामा पुँजीगत लाभकरबाट तीन अर्बभन्दा बढी राजस्व संकलन गरेको छ । यस वर्षको पहिलो ६ महिनामा आन्तरिक राजस्व विभागले ९ अर्बभन्दा बढी पुँजीगत लाभकर संकलन गरेको छ । साउनदेखि पुससम्म संकलित पुँजीगत लाभकर गत आवकोभन्दा तीन अर्ब ६४ करोडले बढी हो । सरकारले गएको आर्थिक वर्षको पुससम्म ५ अर्ब ३६ करोड पुँजीगत आभकर संकलन गरेको थियो ।
सरकारले संकलन गरेको कुल पुँजीगत लाभकरमा ३ अर्बभन्दा बढीको हिस्सा धितोपत्र विनियम बजारको रहेको आन्तरिक राजस्व विभागका सूचना अधिकारी अर्जुन दाहालले बताए । उनले भने ‘गत आवको यो अवधिमा जम्मा ३० करोडमात्र धितोपत्र विनियम बजारबाट पुँजीगत लाभकर उठेकोमा अहिले बढेर ३ अर्बभन्दामाथि पुगेको छ ।







