काठमाडौं । माघ १३ गते मंगलबारदेखि नारायणी डेभलपमेन्ट बैंकले शतप्रतिशत हकप्रद सेयर खुला गर्ने भएको छ । बैंकले १ सय अंकित मूल्यमा चुक्ता पूँजीको १ः१ अनुपातमा ६ लाख ५६ हजार १६९ कित्ता हकप्रद सेयर बिक्री गर्न लागेको हो ।
बैंकले हकप्रद बिक्रीका लागि पुस २९ गते बुक क्लोज गरिसकेको छ । पुस २८ गतेसम्म सेयर खरिद गर्ने लगानीकर्ताले हकप्रद सेयरमा आवेदन दिन पाउनेछन् । हकप्रद सेयर बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटललाई तोकिएको छ ।







