सेयर बजारमा डिम्याट खाताको उपयोग


  • Shangrila Dev Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
सेयर बजारमा डिम्याट खाताको उपयोग

केही समययता नेपालको धितोपत्र बजारमा कार्यान्वयन गरीएका सुधार तथा डिजिटाइजेसनका कारण आम लगानीकर्तालाई समय र पैसाको बचत अनि सुविधा थपिएको छ । खासगरी शेयर प्रमाणपत्रहरुको डि-म्याट तथा अभौतीकिकरण तथा बैंकबाटै शेयर खरिद-बिक्रीका निम्ति आस्बा जस्ता प्रणालीले शेयर किनबेच कम झन्झटिलो र छरितो बनेको छ ।

डिम्याट भनेको भौतिकरुपमा भएका शेयर प्रमाणपत्रलाई अभौतिक गर्ने प्रक्रिया हो । यो पनि बैंक खाता जस्तै हो । यस्ता खातालाई हितग्राही खाता पनि भनिन्छ । विश्वमा अहिले कागजबिहीन शेयर कारोवारको विकास भैरहेको छ । यसले शेयरको कारोबार छिटो छरितोरुपमा गर्न सघाउँछ । शेयरको अभौतिककरणलेे कुनै पनि कम्पनीको शेयर घरमा चाङ लगाएर राख्नुपर्दैन । जसबाट शेयर हराउने, च्यातिने, बिग्रने जस्ता समस्याबाट मुक्ति पाइन्छ । शेयरको डिम्याट गर्नका लागि केन्द्रीय निक्षेप सेवा (सीडीएस) बाट सदस्यता लिएको निक्षेप सदस्यमार्फत खाता खोली भौतिक रुपमा रहेको शेयर प्रमाणपत्रहरुलाई अभौतीकरण गर्न सकिन्छ । ...

Read More
  • MBL - below news