सेयर बजारमा स्टक डिलरको प्रवेश, अब बजारमा ‘आत्तिने र मात्तिने’ हुँदैन !


  • Shangrila Dev Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
सेयर बजारमा स्टक डिलरको प्रवेश, अब बजारमा ‘आत्तिने र मात्तिने’ हुँदैन !

१२ माघ, काठमाडौं । केही वर्ष अघिदेखि नै नेपाली सेयर बजारमा स्टक डिलर कम्पनी आवश्यकताबारे चर्चा हुन्थ्यो । भलै ढिलै भए पनि नागरिक स्टक डिलर कम्पनीलाई कारोबार गर्न नेपाल धितोपत्र बोर्डले अनुमति दिएको छ ।

धितोपत्र व्यापार सम्बन्धी कारोबार गर्न नागरिक स्टक डिलरलाई अनुमति प्रदान गरिएको बोर्डका कार्यकारी निर्देशक निरज गिरीले जानकारी दिए ।

धितोपत्र व्यवसायी -धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ बमोजिमको आवश्यक प्रक्रिया पूरा गरेपछि बोर्डले धितोपत्र व्यापारीको कार्य सन्चालन गर्न अनुमति दिएको जनाएको छ ।

अनुमति पाएको कम्पनी नागरिक लगानी कोषकै सहायक कम्पनी हो । नेपाली सेयर बजारमा यो नयाँ भएका कारण पनि स्टक डिलरको विषयमा धेरैलाई जानकारी नहुन सक्छ ।

के काम गर्छ स्टक डिलरले ?

स्टक डिलरलाई नेपालीमा धितोपत्र व्यापारी पनि भनिन्छ । अर्को भाषमा यसलाई बजार निर्माता समेत भन्ने गरिएको छ । अन्य देशहरुमा पुरानै भए पनि नेपालमा यो नयाँ हो । स्टक डिलरको कारोबार गर्न पाउने नेपालको पहिलो कम्पनी नै नागरिक स्टक डिलर हो ।

Read More
  • MBL - below news