दोस्रो बजारमा कारोबार गर्दा लगानीकर्ताले ब्रोकरलाई अनिवार्य 'पिओए' दिनुपर्ने, के हो 'पिओए' ?


  • Shangrila Dev Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
दोस्रो बजारमा कारोबार गर्दा लगानीकर्ताले ब्रोकरलाई अनिवार्य 'पिओए' दिनुपर्ने, के हो 'पिओए' ?

सुवास निरौला

गत मे मा भारतीय शेयर बजारमा एकाएक खबर फैलियो। खबर थियो ग्राहक र ब्रोकरबीच हुने पावर अफ एटर्नी (पीओए) मा त्यहाँको शेयर बजार नियामक निकाय सेविले प्रतिबन्ध लगायो। खबर यति धेरै फैलियो कि जसले शेयर कारोबारमै असर पर्ने सङ्केत देखियो।

 

बजारमा एकाएक यस्तो हल्ला व्यापक भएपछि सेविले त्यस्तो कुनै निर्णय नगरिएको प्रेस विज्ञप्ति मार्फत जानकारी दिन बाध्य हुनुपर्यो। जुन स्पष्टीकरणलाई भारतीय धरै अखबारहरू मध्ये इकोनमिक्स टाइम्सले आफ्नो अनलाइन संस्करणमा २६ मे २०२० का दिन प्राथमिकताका साथ उक्त समाचार प्रकाशित गर्‍यो

भारतीय बजारमा कुनै पनि लगानीकर्ताले शेयरको डिम्याट खाता खोल्दा ब्रोकरलाई पावर अफ एटर्नी (पीओए) अर्थात आफ्नो अनुपस्थितिमा आफ्नो तर्फबाट अरू कसैलाई निर्णय गर्ने अधिकार दिएको मन्जुरीनामा दिन सकिने व्यवस्था गरेको छ। जुन व्यवस्थाले शेयर कारोबारपछिको राफसाफमा सहयोग पुर्‍याएको छ। यही व्यवस्थाकै कारण त्यहाँ कारोबारपछि कुनै पनि लगानीकर्ताले शेयर नपाउने अवस्था कम हुने गरेको छ। लगानीकर्ता क्लोज आउटमा कमै पर्छन् त्यहाँ।

नेपालमा भने दोस्रो बजारमा शेयर बिक्री गर्ने तर समयमा बिक्री गरेको शेयरको इडिआइएस नगरेका कारण धरै लगानीकर्ता क्लोजआउटमा पर्दै आएका छन्। कसैले जानी जानी शेयर दिँदैनन् भने धेरैलाई इडिआइएस गर्नुपर्छ भन्ने जानकारी नभएकाे नेपाल स्टक हाउसका अध्यक्ष ईश्वरी प्रसाद रिमालले बताए। उनका अनुसार केहिले बिर्सिएको कारणले समेत इडिआइएस गर्दैनन्। जसले गर्दा क्लोज आउटको समस्या बढ्दै गएको हो।

यसकाे न्यूनीकरणको लागि ब्रोकर कम्पनीहरूलाई नेपालमा पनि पावर अफ एटर्नी (पीओए) दिनुपर्ने रिमालको भनाई छ। यसले इडिआइएस नगरेकै कारणले क्लोजआउट पर्ने समस्या हटेर जानेछ।

पछिल्लो समय यो मागलाई नेपाल स्टक ब्रोकर एसोशिएसनले संस्थागत रूपमै उठाएको छ। माघ ११ देखि कारोबार राफसाफ तीन दिनबाट छोटिएर दुई दिनमा झरेपछि एसोशिएसनले यो माग संस्थागत रूपमै उठाएको हो। राफसाफ चक्र दुई दिनमा झरेपछि पहिलेभन्दा बढी क्लोज आउट पर्ने एसोशिएसनको अनुमान छ।

यता बजार सञ्चालक नेपाल स्टक एक्सचेन्ज समेत यो विषयमा सकारात्मक देखिएको छ। उसले ब्रोकर कम्पनीलाई पिओए दिनुपर्ने भन्दै नियामक निकाय नेपाल धितोपत्र बोर्डलाई समेत अनुरोध गरेको छ। उसले गत महिना नै यस विषयमा नीतिगत व्यवस्था हुनुपर्ने माग गरेको थियाे। तर, नियामक निकायले यस विषयमा कुनै जवाफ दिएको छैन।

Read More
  • MBL - below news