११ माघ, काठमाडौं । नेपाल एग्रो लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा आकर्षक खुद नाफा कमाएको छ । संस्थाले आइतबार सार्वजनिक गरेको अपरिस्कृत वित्तीय विवरण अनुसार खुद नाफामात्रै १२३.४३ प्रतिशतले वृद्धि गरेको छ ।
अन्य सूचकहरु पनि राम्रै देखिएका छन् । अघिल्लो आर्थिक वर्षको दोस्रो त्रैमासमा नेपाल एग्रोले ६४ लाख १५ हजार रुपैयाँमात्रै मूनाफा आर्जन गरेको थियो । खुद नाफा चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा भने १ करोड ४३ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको हो ।
संस्थाले कष्ट अफ फण्ड पनि घटाएको छ । यस अघि १०.४९ प्रतिशत रहेको कष्ट अफ फण्ड ५.७३ प्रतिशतमा झरेको छ । संस्थाले ईपीएसमा पनि निकै राम्रो सुधार गर्न सफल भएको छ । ईपीएस २२.४१ रुपैयाँबाट ५०.०८ रुपैयाँ संस्थाको ईपीएस पुगेको छ ।

 
                                    





