एनसीसी बैंकको सेयर मूल्य बढाउन चलखेल !


  • Shangrila Dev Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
एनसीसी बैंकको सेयर मूल्य बढाउन चलखेल !

११ माघ, काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्श बैंक लिमिटेडको सेयर मूल्य बढाउन चलखेल भएको आशंका गरिएको छ । साताको पहिलो दिन आइतबार अस्वभाविक रुपमले एनसीसी बैंकको सेयर मूल्य वृद्धि भएपछि नेपाल स्टक एक्सचेञ्जले समेत आशंका व्यक्त गरेको हो ।

आइतबार एनसीसी बैंकको सेयर मूल्य सर्किट ब्रेककै हाराहारीमा कारोबार भएको छ । एकैदिन १० प्रतिशतले बढ्ने वा घट्ने भए सर्किट ब्रेक लागेर त्यस दिनका लागि कारोबार रोकिन्छ । आइतबार एनसीसी बैंकको ९.९७ प्रतिशतले सेयर मूल्य बढेर ३ सय ६४ रुपैयाँ पुगेको छ ।

यसलाई नेप्सेले अस्वभाविक भन्दै बैंकलाई स्पष्टिकरण सोधेको हो । यस अघिको कारोकारसम्म सामान्य रुपले नै अघि बढेको भए पनि आइतबार अस्वभाविक देखिएको नेप्सेले जनाएको छ ।

नेप्सेका कामु सहायक प्रवन्धक सुवोध ढुंगेलले बैंकलाई लेखेको पत्रमा भनिएको छ, ‘११ गते नेप्सेको कारोबार प्रणालीमा उच्च खरिद चाप देखिएकाले मूल्यमा असर गर्ने कुनै सूचना तथा निर्णय गरेको भएमा सोको जानकारी ३ दिनभित्र उपलब्ध गराउन हुन अनुरोध गर्दछु ।’

...

Read More
  • MBL - below news