काठमाडौं : सेयर बजारमा थप नयाँ रौनकता देखिएको छ । नेप्से सूचकले आइतबार सजिलै २४ सय विन्दुको मनोवैज्ञानिक रेखालाई क्रस गरिदिएको छ । नेप्से सूचकसँगै खरिदबिक्री रकममा पनि नयाँ तरंग पैदा भएको छ । आइतबारबाट सेयर राफसाफ चक्र अझै छिटो सम्पन्न हुने भएको छ । अब टी प्सल २ मै राफसाफ चक्र पूरा हुनेछ । यसले बजारमा थप तरलता पैदा गर्ने देखिएको छ । किन भने सेयर किनेको भोलीपल्टै लगानीकर्ताले पैसा दिनुपर्नेछ ।
त्यस्तै, राफसाफ थप छिटो भएर लगानीकर्ताको खातामा सेयर आइपुग्नेछ । यसले बजारलाई थप चलायमान बनाउन सहयोग पुग्ने भएकाले पनि आइतबार सेयर बजारमा अझ चमक देखिएको हो । आइतबार अन्य समूह, निर्जीवन बिमा, हाइड्रोपावर, माइक्रोफाइनान्स, जीवन बिमा लगायतमा धेरै चमक देखिएको छ । टे«ेडिङबाहेक बाँकी सबै समूहका सूचक हरिया भएका छन् ।
...






