कोभिड १९ को विश्वब्यापी महामारीले नेपाल लगायत विश्वभर करोडौं मानिसहरुले रोजगारी गुमाएका छन् भने लाखौँले आफ्नो व्यवसायबाट हात धोएका छन्। कोभिड १९ को लकडाउनका कारण लाखौँ मानिसहरु आधा तलबमा काम गर्न बाध्य भएका छन् भने युरोप अमेरिका जस्ता विकसित देशहरुका सरकारले बेरोजगार भत्ता बापत मोटो रकम खर्च गरेका छन्।
नेपाल केन्द्रिय बैंक नेपाल राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागले कोभिड १९ ले नेपालको अर्थतन्त्रमा पारेको प्रभावसम्बन्धी प्रथम पुनराबृति सर्वेक्षणको प्रतिवेदन सार्वजनिक गरेको छ। जसमा कोरोनाको करण गरिएको लकडाउन पश्चात ६१ प्रतिशत उद्योग व्यवसाय अझैं संचालन हुन नसकेको उल्लेख छ।






