‘शेयरधनीलाई प्रतिफल दिन योग्य भएका छौं’


  • Shangrila Dev Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
‘शेयरधनीलाई प्रतिफल दिन योग्य भएका छौं’

नेपाल राष्ट्र बैंकमा ३० वर्षको सेवापछि बीमा क्षेत्रमा प्रवेश गरेका नारायणप्रसाद पौडेल प्रभु लाइफ इन्स्योरेन्समा प्रमुख कार्यकारी अधिकृत (सीईओ) को भुमिका रहेर कार्य सम्पादन गरिरहेका छन् । राष्ट्र बैंक जस्तो नियामक निकायमा बसेर कार्य सम्पादन गरेका पौडेलका लागि बीमा क्षेत्र फरक हो । चौथो वर्षमा प्रवेश गर्दै गर्दा कम्पनीले साधारण शेयर (आईपीओ) जारी गरिसकेको छ भने व्यवसायलाई पनि बढाउँदै अघि बढेको छ ।  प्रभु ग्रूपको ब्राण्ड बोकेको यस कम्पनीको अहिलेसम्मको अवस्था, यस क्षेत्रमा देखिएका अवसर र चुनौती तथा अबका दिनमा कम्पनीले गर्ने व्यवसाय र शेयरधनीलाई दिने प्रतिफलका विषयलाई लिएर सीईओ पौडेलसँग आर्थिकन्युज डकमले गरेको आर्थिक वहसः


प्रभु लाइफ ३ वर्ष पूरा गरेर चौथो वर्षमा प्रवेश गरेको छ । यो अवधिमा तपाईले नेतृत्व गर्नु भएको संस्थाको अवस्था कस्तो छ ?  

हामीले २०७४ मङ्सिरबाट काम सुरु गरेका हौँ । हामी जीवन बीमा कम्पनीमा नयाँ हौं र पनि हामीले हाम्रोतर्फबाट गर्न सक्ने जति इफोर्ट लगाएर काम गरिरहेका छौं । यस अर्थमा कम्पनीले राम्रो गरिरहेको छ र अबका दिनमा पनि राम्रो गर्छ भन्ने हो । 
कम्पनीको वित्तीय सूचकहरू राम्रा छन् । अहिले हामी दोस्रो त्रैमासको रिपोर्ट सार्वजनिक गर्ने तयारीमा छौं । हाम्रो अहिलेको पुँजी २ अर्ब रूपैयाँ हो । बीमा समितिले जीवन बीमा कम्पनीका लागि २ अर्ब चुक्ता पुँजी हुनुपर्ने व्यवस्था गरेको छ ।

Read More
  • MBL - below news