आइपीओ ल्याउन लागेको महालक्ष्मी लाइफको फागुन ३ मा एजीएम, यस्ता छन् एजेन्डा


  • Laxmi Sunrise Bank Ad
  • Prabhu Bank Limited (PRVU)
आइपीओ ल्याउन लागेको महालक्ष्मी लाइफको फागुन ३ मा एजीएम, यस्ता छन् एजेन्डा

काठमाडौं : महालक्ष्मी लाइफ इन्सुरेन्सले फागुन ३ गते तेस्रो वार्षिक साधारण सभा बोलाएको छ । सभा होटल –र्याडिसन लाजिम्पाट, काठमाडौंमा बिहान ११ बजेबाट सुरु हुनेछ । जिवन बिमा कम्पनीहरुमध्ये  सबैभन्दा कान्छो रहेको महालक्ष्मीले  सभामा आइपीओ निष्कासन गर्ने प्रस्ताव पेश गर्दैछ । बिमा समितिले तोकेको न्यूनतम २ अर्ब चुक्ता पुँजी पुर्याउन कम्पनीले ६० करोड रुपैयाँ बराबरको आइपीओ निष्कासन गर्ने तयारी गरेको छ । 

यस्तै, आर्थिक वर्ष २०७५–७६ को वार्षिक प्रतिवेदनमा छलफल, नाफा नोक्सान हिसाब पारित गर्ने लगायतका एजेन्डा रहेका छन् । यस्तै, लेखापरीक्षक नियुक्त गरी निजको पारिश्रमिक तोक्ने एजेन्डा पनि रहेको छ । सभामा कम्पनीको सञ्चालक समितिमा संस्थापक सेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व हुने ५ जना सञ्चालकको लागि निर्वाचन गर्ने एजेन्डा पेश हुनेछ । 

Read More
  • MBL