११ माघ, काठमाडौं । आजबाट सेयर कारोबारको राफसाफ तथा फर्सौट दुई दिनभित्रै हुने भएको छ । दुई दिनभित्रै कारोबार राफसाफ सम्पन्न गर्नका लागि सीडीएस एण्ड क्लियरिङ लिमिटेडले आज आइतबारबाट सेयर बजारमा ‘टी प्लस टु’ कार्यान्वयनमा ल्याएको हो ।
यसअघि ‘टी प्लस थ्री’ कार्यान्वयनमा रहेको थियो । ‘टी प्सल थ्री’लाई विस्थापन गर्दै ‘टी प्लस टु’ कार्यान्वयन गर्न नेपाल धितोपत्र बोर्डले दिएको निर्देशन अनुसार सीडीएसले आइतबारदेखि यो व्यवस्था लागू गरेको हो । तीन दिनभित्र कारोबार सम्पन्न हुने चक्रिय प्रणालीलाई ‘टी प्लस थ्री’ भनिन्छ भने दुई दिनभित्र हुनेलाई टी प्स टु’ भनिन्छ ।
सीडीएसका प्रमख कार्यकारी अधिकृत पूर्ण प्रसाद आचार्यले यो व्यवस्था लागू भएसँगै आजको कारोबार भोलि नै राफसाफ तथा फर्स्यौट हुने बताए । उनका अनुसार नयाँ व्यवस्थाअनुसार धितोपत्रको बिक्री कारोबार गर्ने लगानीकर्ताले आफूले बेचेको धितोपत्रको राफसाफ तथा फर्स्यौटका लागि ईडीआईएस जारी गर्दा कारोबार भएको मितिको भोलिपल्टभित्र जारी गरिसक्नुपर्नेछ ।
अब सेयर खरिद गर्नेले दुई दिनभित्रै भुक्तानी दिनु पर्ने हुन्छ भने बिक्री गर्नेले पनि दुई दिनभित्रै ट्रान्सफर गरिसक्नु पर्ने हुन्छ
ईडीआईएस जारी गर्न नसक्ने लगानीकर्ताले कारोबार भएको मितिको भोलिपल्ट (टी प्लस वान) भित्र भौतिक निर्देशन पुर्जी जारी गरी सम्बन्धित निक्षेप सदस्यकामा बुझाउनु पर्ने उनले जानकारी दिए ।
सीडीएसले सेयर खरिद कारोबार गर्ने लगानीकर्ताले आफूले खरिद गरेको धितोपत्रबापतको रकम सम्बन्धित राफसाफ सदस्यलाई कारोबार भएको मितिको भोलिपल्टै बुझाउन पनि आग्रह गरेको छ ।
सबै पक्ष इमान्दार बन्नु पर्यो : धितोपत्र बोर्ड...







