शेयर बजारका भ्रमलाई चिर्ने रविन्द्र भट्टराईको नयाँ मन्त्र


  • Shangrila Dev Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
शेयर बजारका भ्रमलाई चिर्ने रविन्द्र भट्टराईको नयाँ मन्त्र

काठमाडौं । शेयर बजार विश्लेषक रविन्द्र भट्टराइले शेयर मन्त्र नामक शेयर बजार सम्बन्धि नया किताव बजारमा ल्याएका छन । २०७७ माघ ४ गते आइतवार उनकी आमाका हातबाट फेसवुक मार्फत भट्टराईले किताव सार्वजनिक गरेका हुन । 

यो कितावले सर्वसाधारणमा शेयर बजार सम्बन्धि रहेका विभिन्न प्रकारका भ्रमलाई चिर्ने भट्टराईले दावि गरेका छन । जस्तो शेयर बजारमा पैसा बनाउन निकै चलाख हुनु पर्छ भन्ने एउटा भ्रम छ । त्यस्तै शेयर र जुवाका बारेमा अर्को भ्रम रहेको छ । पोर्टफोलियो बनाउने कुरामा भ्रम छ । बजार घट्दा जोखिम हुन्छ भन्ने भ्रम छ । 

त्यस्तै महिलाले लगानी गरेर पैसा बनाउन सक्दैनन र लगानी भनेको पुरुषले गर्ने हो भन्ने अर्को भ्रम पनि रहेकोछ । लगानीकर्ता वा सेयर बजारमा यस्ता अनेकौ भ्रमहरु रहेका छन । जस्लाई चिर्न, लगानी प्रति सर्वसाधारणलाई उत्प्रेरित गर्न, राम्रो प्रतिफलका लागि सेयर छनौट गर्ने र पोर्टफोलियो बनाउने रणनीति सिकाउने मन्त्र हरु प्रदान गर्न यो पुस्तक सहयोगी हुने विश्वास गरिएको छ ।

Read More
  • MBL - below news