काठमाडौं : नेप्सेले पछिल्ला समयहरुमा हरेक साताजसो अल टाइम हाई रेकर्ड ब्रेक गर्दै आएको छ । यस साता पनि नेप्से सूचक २३७४.६४ विन्दुको नयाँ अल टाइम हाई रेकर्ड बनाएर बन्द भएको छ । नेप्से गत साताको अन्तिम विन्दु २२८६.५४ को तुलनामा यस साता ३.८५% ले बढेको हो । साताकोअ अन्तिम दिन बिहीबार कारोबार रकम ७.८० अर्बसहित बजार पुँजीकरण ३१ खर्ब ८९ अर्ब रुपैयाँ कायम भएर बसेको छ ।
बजारमा नयाँ माहोल बनिरहेको छ । लगानीकर्ताहरु उत्साहित देखिएका छन् । खरिदबिक्री रकममा पनि नयाँ तरंग देखिएको छ । बुलिस बजारमा बढ्नेक्रममा तेजी आउनु स्वभाविक हो । सस्तो बैंक ब्याजदरले पनि बजारलाई साथ दिइरहेको छ । लगानीकर्ता उत्साहित भएका छन् । बजारमा नयाँ लगानीकर्ताहरु पनि थपिएको ब्रोकरहरुको भनाई छ ।
तथापि, बजार सधैं एकोहोरो हिसाबले बढ्नेमात्र गर्दैन । बेलाबेलामा सानाठूला करेक्सनहरु पनि आउन सक्छ भन्नेतर्फ भने लगानीकर्ता सधैं सचेत हुन जरुरी हुने अनुभवी लगानीकर्ताहरु बताउँछन् । केही करेक्सनहरुका बाबजुद पनि नेप्सेको दीर्घकालीन गति भने माथितिरकै रहेको विश्लेषकहरुको भनाई छ ।
दैनिक कारोबार रकम ...







