२७ वर्षपछि स्टक डिलर


  • Shangrila Dev Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
२७ वर्षपछि स्टक डिलर

धितोपत्र बोर्डले शुक्रबार ‘नागरिक स्टक डिलर’ लाई सञ्चालन अनुमतिपत्र दियो

काठमाडौँ — पुँजीबजार औपचारिक रूपमा सुरु भएको २७ वर्षपछि स्टक डिलर सञ्चालनमा आउने भएको छ । नागरिक लगानी कोषको सहायक कम्पनी ‘नागरिक स्टक डिलर’ लाई शुक्रबार धितोपत्र बोर्डले सञ्चालन अनुमतिपत्र दिएपछि पुँजी बजारले पहिलो स्टक डिलर पाउने भएको हो । फागुन १ देखि लागू हुने गरी बोर्डले अनुमति दिएको हो ।

कम्पनी सञ्चालनका लागि कानुनी तथा भौतिक सबै तयारी पूरा भइसकेकाले अनुमतिपत्र पाएलगत्तै काम सुरु हुने नागरिक स्टक डिलरका प्रमुख कार्यकारी अधिकृत महेश्वरलाल श्रेष्ठले बताए । कम्पनीले ठूलो परिमाणमा सेयर कारोबार गर्ने भएकाले बजारमा देखिने अस्वाभाविक ठूला उतारचढाव नियन्त्रण हुने उनको दाबी छ । ‘कम्पनीले बिस्तारै मार्केट मेकरकै रूपमा काम गर्दै जाने हो,’ उनले भने, ‘विभिन्न क्षेत्रबाट फन्ड व्यवस्थापन गर्दै त्यसलाई पुँजी बजारमा परिचालन गर्दै जान्छौं ।’

Read More
  • MBL - below news