छोटेलाल रौनियार भन्छन्- अब बैंकमा तहल्का मच्चिनेवाला छ
९ माघ, काठमाडौं । माघ महिनाको पहिलो साता समग्रमा सेयर बजार उकालो लागेको छ । सेयर कारोबार सार्वजनिक बिदा बाहेक सातामा ५ दिन खुला रहन्छ । माघको पहिलो साता पाँचै दिन कारोबार भएको छ ।
पाँच दिनको कारोबारमा सेयर कारोबार मापक नेप्से परिसूचक ५३ अंकले वृद्धि भएको छ । गत आइतबार नेप्से परिसूचक २ हजार ३ सय १५ अंक रहेको थियो । सोमबार परिसूचक बढेर २ हजार ३ सय ३२ दशमलव ४७ अंकमा पुग्यो । तर मंगलबार भने सेयर बजार घट्दा नेप्से परिसूचक २ हजार ३ सय २६ दशमलव ९० अंकमा झर्यो ।
बुधबार भने पुनः बजार बढेर २ हजार ३ सय ४२ दशमलव ७७ अंकमा उक्लियो । यो क्रम साताको अन्तिम कारोबार बिहीबार पनि जारी नै रहृयो । बिहीबार नेप्से परिसूचक बढेर २ हजार ३ सय ६८ दशमलव २१ अंकमा पुगेर रोकिएको छ ।
सबै समूहमा चम्किँदा बैंकिङ भने घट्यो
नेप्सेमा कारोबार हुने १२ समूहमध्ये अधिकांशको सब-इन्डेक्स (समूहगत परिसूचक) उकालो लागेका छन् । लघुवित्त, बिमा तथा व्यापार समूहको परिसूचक चम्किँदा बैंकिङ र उत्पादनमूलक भने ओरालो लागेका छन् ।
साताको पहिलो दिन आइतबार २७५३ दशमलव ३१ अंकमा रहेको नेप्से परिसूचक साताको अन्तिम कारोबार पछि २ हजार ९ सय ६७ ५२ मा पुगेको छ । जीवन बिमा समूह त अझ करिब २ हजार अंकले नै वृद्धि भएर रेकर्ड नै कायम भएको छ । १४ हजार ८ सय ७५ अंकमा रहेको जीवन बिमा समूह बिहीबारको कारोबार पछि १६ हजार ३ सय ६४ दशमलव ६२ अंकमा पुगेको छ ।
अर्को लघुवित्त समूह पनि ३ हजार ७ सय ३३ दशमलव ४० बाट बढेर ४ हजार ८ दशमलव ४५ अंकमा पुगेको छ । जलविद्युत्, विकास बैंक, लगायतका समूहहरु समेत बढ्दा बैंकिङ समूह भने सातामा ११.५० अंकले घटेको छ । आइतबार १ हजार ७ सय ३५ दशमलव ५७ मा रहेको बैंकिङ परिसूचक सोमबार झिनो अंकले वृद्धि भएर १ हजार ७ सय ३८ दशमलव ३८ मा पुग्यो । ...







