सेयर साफसाफको समय घट्दा जोखिम बढ्ने भन्दै सेयर ब्रोकरले राखे ४ बुँदे माग


  • Shangrila Dev Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
सेयर साफसाफको समय घट्दा जोखिम बढ्ने भन्दै सेयर ब्रोकरले राखे ४ बुँदे माग

सेयर ब्रोकरहरुको छाता संगठन स्टक ब्रोकर एसोसिएसन अफ नेपाल एसबिएएन ले आफुहरुलाई थप जिम्मेवारी दिनलाई सम्बन्धित निकायसँग अनुरोध गरेको छ। कठिनाईका बावजुतपनि टि प्लस २ लाई कार्यन्वयन गर्ने प्रतिबद्धता जनाउदै सेयर ब्रोकरहरुले बिभिन्न ४ जिम्मेवारी थप गरिदिनलाई सम्बन्धित निकायसँग अनुरोध गरेका छन्। 

आगामी आइतबार अर्थात माघ ११ देखि लागू हुनेगरि आएको टि प्लस २ को राफसाफ चक्र कार्यन्वयनमा कठिनाई हुने भएपनि आर्थिक जोखिम मोलेर आफुहरुले यस निर्णयको पालना गर्ने सेयर ब्रोकरहरुले जनाएका छन्। 

यद्दपी टि प्लस २ को राफसाफ चक्र कार्यन्वयन तथा जोखिमको व्यवस्थापनको लागी ठुलो आकारको राफसाफ प्रत्याभूति कोषको स्थापना , अक्सन मार्केट तथा सेक्यूरिटिज लेन्डिङ्ग एण्ड ब्रोइंङ  मार्केटको संचालन, पावर अफ एर्टनि ,अटो इडीआईएस को व्यवस्था गर्दिनलाई एसबिएएनले सम्बन्धित निकायसँग अनुरोध गरेका छन्। 

Read More
  • MBL - below news