एनसीसी बैंककाे १०.८१ प्रतिशत लाभांश पारित, सञ्चालक समितिमा ६ जना निर्वाचित


  • Shangrila Dev Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
एनसीसी बैंककाे १०.८१ प्रतिशत लाभांश पारित, सञ्चालक समितिमा ६ जना निर्वाचित

काठमाडाैं । नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंककाे प्रस्तावित लाभांश पारित भएकाे छ । माघ ९ गते सम्पन्न बैंककाे २३औं वार्षिक साधारणसभाले सञ्चालक समितिकाे १०.८१ प्रतिशत लाभांश प्रस्तावलाइ पारित गरेकाे हाे । उक्त सभामा १०.२६९५ प्रतिशत बोनस सेयर र सो बोनस सेयर जारी गर्दा लाग्ने कर प्रयोजनको लागि ०.५४०५ प्रतिशत नगद गरी १०.८१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव लगिएकाे थियाे । सभाबाट पारित १०.२६९५ प्रतिशत बोनस सेयर पश्चात यस बैंकको चुक्ता पुँजी १० अर्ब ३१ करोड रूपैयाँ पुग्नेछ ।

 

Read More
  • MBL - below news