पूँजीगत लाभकरमा पहिलो पटक शेयरले घर जग्गालाई दियो टक्कर,करमा दरिँदै गएपछि अर्थ मन्त्रालयको नजर शेयर बजारमा


  • Shangrila Dev Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
पूँजीगत लाभकरमा पहिलो पटक शेयरले घर जग्गालाई दियो टक्कर,करमा दरिँदै गएपछि अर्थ मन्त्रालयको नजर शेयर बजारमा

शेयरले पूँजीगत लाभकरमा पहिलो पटक घर जग्गाको कारोबारबाट उठ्ने पूँजीगत लाभकरलाई टक्कर दिएको छ।चालु आर्थिक वर्षको पुष मसान्तसम्म ४१३.१९ प्रतिशतको वृद्धिसँगै शेयर बजारको पूँजीगत लाभकरले घर जग्गा कारोबार बाट उठ्ने पूँजीगत लाभकरलाई टक्कर दिएको हो।

गत आर्थिक बर्षमा शेयर कारोबारबाट सरकारले जम्मा एक अर्ब एक करोड ९३ लाख रुपैयाँ आम्दानी गरेको थियो। जबकि चालु आर्थिक वर्षको पुष मसान्त सम्ममै शेयर कारोबारबाट सरकारले चार अर्ब १७ करोड रुपैयाँ आम्दानी गरिसकेको छ। यो भनेको गत वर्षको तुलनामा ४१३.१९ प्रतिशतको बढी हो।

गत आर्थिक बर्षमा सरकारले घर जग्गाको कारोबारबाट सात अर्ब ९२ करोड रुपैयाँ आम्दानी गरेको थियो। चालु आर्थिक वर्षको पुष मसान्तसम्म घर जग्गा कारोबार बाट पाँच अर्ब ९० करोड रुपैयाँ सरकारले उठाएको छ। यो भनेको गत वर्षको तुलनामा ७४.४८ प्रतिशत मात्रै हो। तर उता शेयर बजारले भने चालु आर्थिक वर्षको पुष मसान्तमै गत वर्षभरि उठेको लाभकर भन्दा चार गुणा बढी लाभकर राज्यलाई प्रदान गरिसकेको छ।

समग्रमा हेर्दा भने गत वर्ष र चालु वर्ष दुबैमा घर जग्गाको पूँजीगत लाभकरले जितेका छन्। तर चालु आर्थिक वर्षको कर उठ्तिको वृद्धि दरमा शेयर बजारले घर जग्गालाई पछि पारेकाे छ। अघिल्लो वर्ष घर जग्गा कारोबारबाट सरकारले सात अर्ब ९२ करोड पूँजीगत लाभकर उठाएको थियो भने चालु आर्थिक वर्षको पुष मसान्तसम्ममा पाँच अर्ब ९० करोड रुपैयाँ उठाइ सकेको छ।

Read More
  • MBL - below news