यो साता लघुवित्तका सेयरधनी मालामाल, भाउ अझै बढ्ला ? (सूचीसहित)


  • Shangrila Dev Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
यो साता लघुवित्तका सेयरधनी मालामाल, भाउ अझै बढ्ला ? (सूचीसहित)

काठमाण्डौ । यो सातामै नेप्से परिसूचक करिब १०० अंक हाराहारीले बढेको छ। यस साता बीमातर्फका दुवै समूह र लघुवित्त समूहका सेयरमूल्यमा उछाल आएको देखिन्छ।

बजारको बढ्दो गतिसँगै लगानीकर्ता दिनानुदिन मालामाल भइरहेका छन्। नेप्सेमा सूचीकृत लघुवित्त समूहका ५२ कम्पनीमध्ये १२ लघुवित्त मर्जर तथा एक्विजिसनका कारण सेयर कारोबार रोक्का भएका छन् भने बाँकी ४० कम्पनीको दैनिक सेयर कारोबार भइरहेको छ।

लघुवित्त कम्पनीका सेयरधनीले यो सातामात्रै २० प्रतिशतभन्दा बढी रिटर्न पाएर मालामाल भएका छन्। फर्वार्ड, सामुदायिक र स्वभाविमान लघुवित्त वित्तीय संस्थाले २० प्रतिशतभन्दा बढी रिटर्न दिएका छन्। जसमध्ये ११ लघुवित्त कम्पनीका सेयरधनीले १० देखि २० प्रतिशत रिटर्न पाएका छन्।

पछिल्लो समयमा बढ्दो बजारमा लघुवित्त कम्पनीहरुले प्रस्ताव गरेको लाभांश समायोजन गरेपछि पनि पुरानै मूल्यमा अगाडि बढिरहेका छन्। अर्थात् लघुवित्त कम्पनीहरुले गत आर्थिक वर्षका लागि घोषणा गरेको लाभांश वितरण गरेपछि भएको समायोजनपछि पनि सेयरमूल्य भने उकालो लागिरहेको छ। 

Read More
  • MBL - below news