ग्रीन लाईफको शेयर रजिष्ट्रारमा सानिमा क्यापिटल, तेस्रो सातादेखि आईपिओ


  • Shangrila Dev Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
ग्रीन लाईफको शेयर रजिष्ट्रारमा सानिमा क्यापिटल, तेस्रो सातादेखि आईपिओ

ग्रीन लाईफ हाइड्रोपावरको शेयर रजिष्ट्रारमा सानिमा क्यापिटल नियुक्त भएको छ । नियुक्ति सम्बन्धि सम्झौतामा  हाइड्रोपावरको तर्फबाट अध्यक्ष श्रीमती याङचेन डोमा लामा र क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत भिष्मराज चालिसेले हस्ताक्षर गरेका छन् ।   

सम्झौता अनुसार कम्पनीका  शेयरधनीहरुको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, शेयर दाखिल खारेज गर्ने, नाम सारी गर्ने लगायतका शेयरधनीहरुको लगत अद्यावधिक राख्ने सम्बन्धी सम्पूर्ण काम कारबाही सानिमा क्यापिटलले गर्ने भएको छ । 

ग्रीनलाइफले माघको तेस्रो महिनादेखि आईपिओ निष्काशन गर्ने तयारी गरेको छ ।  कम्पनीले ३४ करोड ९६ लाख ४० हजार बराबरको ३४ लाख ९६ हजार ४ सय कित्ता शेयर निष्काशनको लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको हो । यस अघि कम्पनीले  आयोजना प्रभावित स्थानीयको लागि १८ लाख कित्ता शेयर निष्काशन गरेको थियो  । जस मध्ये  १६ लाख ९६ हजार ४ सय कित्ता आईपिओ बिक्री हुन सकेको थिएँन । कम्पनीले स्थानीयले खरिद नगरेको कित्ता समेत थपेर सर्वसाधारणलाई शेयर निष्काशन गर्न लागेको हो । 

Read More
  • MBL - below news