चन्द्रागिरी हिल्स लिमिटेडले निष्काशन गरेको आईपिओ बाँडफाँड भएको छ । बिक्रि प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले शुक्रबार बिहान १० बजे आईपिओ बाँडफाँड गरेको । क्यापिटलले बुधबार प्रि अलोटमेन्ट सकेर आज शुक्रबार आईपिओ बाँडफाँड गरेको हो ।
जस अनुसार गोलाप्रथाबाट १ लाख ३९ हजार ६ सय २ जनाले गोलप्रथा १० कित्ता शेयर पाएका छन् । त्यस्तै २० कित्ता देखि १३ हजार ९ सय ६० कित्तासम्मको लागि आवेदन दिने मध्ये बाट २ जनाले थप १ कित्ता शेयर पाएका छन् । यस हिसाबमा २ जनाले ११ कित्ता शेयर पाएका छन् ।
कम्पनीको आईपिओमा १२ लाख १६ हजार ९ सय ५३ जना आवेदकले आवेदन दिएका थिए । जस मध्ये १२ लाख ११ हजार १ सय १५ जना मात्र योग्य आवेदक रहेको क्यापिटलले जनाएको छ । योग्य आवेदकलाई गोलाप्रथामा सहभागी गराएर शेयर बाँडफाँड गरिएको हो । यस हिसाबमा आवेदन दिएका १० लाख ७७ हजार बढी आवेदक हात खाली भएका छन् ।






