नेपाल क्रेडिट एण्ड कमर्स (एनसिसि)बैंक लिमिटेडकाे वार्षिक साधारण सभा आज (शुक्रबार) हुँदैछ ।
बैंककाे पाैष १५ गते, बिहीबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार बैंककाे २३औं वार्षिक साधारण सभा बैंककाे केन्द्रिय कार्यालय, बागबजार, काठमाडाैँमा बिहान १० बजेदेखि भर्चुअल माध्यमबाट सञ्चालन हुनेछ ।
सभामा बैंककाे पाैष ३ गते, शुक्रबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार आर्थिक वर्ष २०७६/७७ काे मुनाफाबाट बैंकका सेयरधनीहरूलाई १०.२६९५ प्रतिशत बोनस र ०.५४०५ प्रतिशत नगद (कर प्रयाेजनका लागि) गरी कुल १०.८१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।







