इन्फिनीटी लघुवित्तको शेयरमूल्य समायोजन


  • Shangrila Dev Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
इन्फिनीटी लघुवित्तको शेयरमूल्य समायोजन

माघ ९, काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्य शुक्रवार समायोजन भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले १४ दशमलव २५ प्रतिशत बोनस शेयरमा मूल्य समायोजन गरेको हो । नेप्सेले कम्पनीको बोनसपछिको मूल्य रू. १ हजार ३४० तोकेको हो । 

कम्पनीको बिहीवार कायम अन्तिम मूल्य रू. १ हजार ५३८ को आधारमा नेप्सेले मूल्य समायोजन गरेको हो । उक्त कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट उक्त बोनस सहित शून्य दशमलव ७५ प्रतिशत नगद लाभांश पनि प्रस्ताव गरेको छ ।

प्रस्तावित लाभांशसहित विविध प्रस्ताव पारित गर्न कम्पनीले माघ २४ गते बार्षिक साधारण सभा बोलाएको छ । लाभांश र साधारण सभा प्रयोजनका लागि कम्पनीले माघ ९ गते बुक क्लोज गरेकाले नेप्सेले बोनसपछिको मूल्य तोकेको हो । बुक क्लोजको आधारमा माघ ८ गतेसम्म कायम शेयरधनीहरुले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् । 

Read More
  • MBL - below news