‘T+2’ मा लगानीकर्ता उत्साहित हुँदा ब्रोकरलाई भने जोखिम बढ्ने त्रास


  • Shangrila Dev Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
‘T+2’ मा लगानीकर्ता उत्साहित हुँदा ब्रोकरलाई भने जोखिम बढ्ने त्रास

काठमाडौं : ‘टी प्लस टु’ (‘T+2’ ) लागू हुने भएसँगै लगानीकर्ता उत्साहित बनेका छन् । सीडीएस एण्ड क्लियरिङले माघ ११ गतेदेखि ‘टी प्लस टु’ लागू गर्ने भएसँगै लगानीकर्ता उत्साहित भएका हुन् । यसको अर्थ सेयर राफसाफको चक्र थप छोटो हुनु हो । अब लगानीकर्ताले सेयर किनेपछि अझ छिटो पैसा तिर्नुपर्छ भने खरिद गरेको सेयर पनि थप छिटो खातामा आउँछ । सेयर राफसाफ चक्र पनि पहिले भन्दा छिटो हुन्छ ।

‘टी प्लस टु’ लागू भएपछि धितोपत्र बाजरको दिगो विकासका लागि टेवा पुग्ने नेपाल इन्भेष्टर्स फोरमका उपाध्यक्ष तुलसीराम ढकालले बताए । उनले भने, ‘‘टी प्लस टु’ लगानीकर्ताको लामो समयदेखिको माग हो । यो लगू हुनु भनेको पुँजी बजार दिगो विकासमा थप अर्को खुड्किलोमा उक्लिनु हो ।’ उनले ‘टी प्लस टु’ लागू भएसँगै सेयर खरिदबिक्री भएको २ दिनभित्र अर्थात ‘टी प्लस टु’ मा राफसाफ हुने भएकाले यो लगानीकर्ताका लागि निकै राम्रो भएको बताए ।

उनले भने, ‘यो नियम लागू भएपछि लगानीकर्ताको खातामा छिटो सेयर आउँछ । बिक्रेताले पनि सोही अनुसार छिटो पैसा पाउँछन् । यसले पुँजी बजारलार्ई  चलायमान बनाउन सहयोग पुर्याउछ ।’ यसका अलावा यो बजार सुधारको महत्वपूर्ण पाटो भएकाले लगानीकर्ताको विश्वास बढाउन सहयोग पुग्ने उनको भनाई छ । 

यता, सीडीएस एन्ड क्लियरिङ लिमिटेडले पनि राफसाफ चक्र ‘टी प्लस टु’ मा झार्नु बजारको हितमा रहेको बताएको छ । धितोपत्र कारोबारको राफसाफ तथा फछ्र्यौट चक्र छोटिएपछि बजारमा धितोपत्रको तरलतामा वृद्धि भएर समग्र पुँजी बजार थप चलायमान हुने जानकारहरुले बताएका छन् । हाल धितोपत्र राफसाफ चक्र ‘टी प्लस थ्री’ मा सम्पन्न हुँदै आएको छ । धितोपत्र बोर्डले अनुमति दिएसँगै यो चक्र माघ ११ गते आइतबारबाट ‘टी प्लस टु’ मा झार्न सारोकारवाला निकायलाई सीडीएसले निर्देशन दिइसकेको छ । 

ब्रोकरहरुलाई भने जाखिम बढ्ने त्रास  ...

Read More
  • MBL - below news