८ माघ, काठमाडौं । साताको अन्तिम कारोबार बिहीबार नेप्से परिसूचक करिब ३२ अंकले बढ्यो । सेयर कारोबार मापक नेप्से परिसूचक बढेर नेपाली सेयरमा नयाँ रेकर्ड बन्यो । नेप्से परिसूचक २ हजार ३ सय ७४ दशमलव ६४ अंकमा पुगेर बन्द भएको छ । जुन हाल सम्मकै उच्च हो ।
समग्रमा बजार उर्लिए पनि धेरै कम्पनीका सेयर मूल्यहरु घटे । स्टान्डर्ड चार्टर्ड बैंक, माछापुच्छ्रे बैंक, सानिमा, एभरेष्ट बैंक, ग्लोबल आइएमई बैंक, सेञ्चुरी कमर्सीयल लगायतका बैंकहरुको सेयर मूल्य ओरालो लाग्यो । कृषि विकास बैंक, प्रभु बैंक लगायतको सेयर मूल्य घट्न पनि सकेन, बढ्न पनि सकेन ।
अन्य क्षेत्रका लगानीकर्ताहरुले राम्रै कमाएका छन् । बिहीबार कारोबार भएकामध्ये सबैभन्दा धेरै कमाउनेमा लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताहरु देखिएका छन् । सपोर्ट माइक्रोफाइनान्सका लगानीकर्ताहरु देखिएका छन् । सपोर्टको १० प्रतिशतले सेयर मूल्य बढेर सर्किक ब्रेक नै लाग्यो । दिनभर कारोबार हुन नपाएको यस संस्थाको सेयर मूल्य १ सय ३८ रुपैयाँले बढेर १ हजार ५ सय १० रुपैयाँ पुगेको छ ।







