नेप्सेमा ‘अल टाइम हाइ’ को अर्को रेकर्ड बन्दा निर्जीवन बिमा समूहमा उछाल


  • Shangrila Dev Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
नेप्सेमा ‘अल टाइम हाइ’ को अर्को रेकर्ड बन्दा निर्जीवन बिमा समूहमा उछाल

काठमाडौं : सेयर बजारमा थप रौनकता देखिएको छ । साताको अन्तिम दिन बिहीबार बजारमा थप उत्साह बढेको हो । यस दिन विशेषगरी बिमा, माइक्रोफाइनान्स र फाइनान्स कम्पनीहरुमा अधिक चमक देखिएको छ । त्यसमध्ये पनि निर्जीवन बिमा कम्पनीहरुमा नियाँ तरंग छाएको छ । लामो समयदेखि तुलनात्मक रुपमा निर्जीवन बिमा कम्पनीहरु सुस्त रहेका थिए ।

तर बिहीबार यस समूहमा उछाल आएको छ । सँगसँगै जीवन समूह  पनि वृद्धि भएको छ । फाइनान्स र माइक्रोफाइनान्सको वृृद्धिक्रम पनि उत्साहप्रद रहेको छ । नेप्से सूचकसँगै बजारलाई खरिदबिक्री रकमले पनि निकै साथ दिएको छ । यसअघि खरिदबिक्री रकम केही सुस्त भएकामा अहिले फेरि त्यसमा नयाँ उत्साह आएको छ । 


सूचक र खरिदबिक्री रकम दुवै उत्साहप्रद हिसाबले माथि लागेकाले बजारमा थप माहोल खडा हुने देखिएको छ । अहिले सेयर बजारमा बुल रन चलिरहेको छ । बुल रनमा सेयर भाउहरुले नयाँ–नयाँ उचाईहरु बनाउँदै जानु स्वभाविक हो । अझ सबल वित्तीय सूचक भएका कम्पनीहरु छानेर लगानी गर्न सकेमा निकै लाभ लिन सकिने सम्भावना रहन्छ । 

Read More
  • MBL - below news