ब्रोकरलाई करोडौँ रकमको पोर्टफोलियो व्यवस्थापनको जिम्मा दिँदा बजार उच्च जोखिममा


  • Shangrila Dev Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
ब्रोकरलाई करोडौँ रकमको पोर्टफोलियो व्यवस्थापनको जिम्मा दिँदा बजार उच्च जोखिममा

काठमाण्डौ । ब्रोकर (धितोपत्र दलाल व्यवसायी) हरुले गैरकानुनी रुपमा आमलगानीकर्ताको करोडौँ रकमबराबरका पोर्टफोलियो व्यवस्थापन गरेको रहस्य खुलेको छ।

हालसम्म स्टक ब्रोकरहरुलाई पोर्टफोलियो व्यवस्थापन सेवा प्रवाह गर्न नियामक नेपाल धितोपत्र बोर्डले अनुमति दिएको छैन। तर हिजोआज बढ्दो बजारमा सेयर बजार बुझेका वा नबुझेका आमलगानीकर्ताले करोडौँ रकम ब्रोकर कम्पनीहरुलाई पोर्टफोलियो व्यवस्थापन गर्न दिइरहेको ब्रोकर स्रोतको भनाइ छ। अनधिकृत रुपमा पोर्टफोलियो व्यवस्थापनको जिम्मा लिने केही ठूला ब्रोकरहरुले अग्रिम रुपमै रिटर्नको ग्यारेन्टी गरी आश्वास्त तुल्याएपछि लगानीकर्ताको करोडौँ रकम जोखिममा परेको ब्रोकर स्रोत दाबी गर्छ। 

ब्रोकर कमिसनको लोभमा सेयर बजार नै नबुझेका व्यक्तिहरुलाई खोजीखोजी बजार भित्र्याउने र लगानी गर्न प्रचारप्रसार गरिरहेको स्रोतको भनाइ छ। सेयर किन्दा पनि र बेच्दा पनि ठूलो रकम कमिसनका रुपमा असुल्ने नियतका साथ ब्रोकरहरुले लाइसेन्स नै नपाएको पोर्टफोलियो व्यवस्थापनको धन्दा फैलाइरहेको स्रोतको तर्क छ।

Read More
  • MBL - below news