छिल्लो समय आम सर्वसाधारणको आईपीओप्रतिको क्रेज कतिसम्म छ भन्ने उदाहरण चन्द्रागिरी हिल्स र इन्फ्रास्टक्चर बैङ्कको आईपीओको चर्चाले पुष्टि गर्छ । सेयर बजारप्रति खासै रुचि नराख्ने र जानकारीसमेत नभएकाहरु पनि अहिले आईपीओ भर्न तँछाडमछाड गरिरहेका छन् । सामाजिक सञ्जालमा आईपीओप्रति अनेक खालको ट्रोलसमेत बनेका छन् । केही समयअघिसम्म पनि आईपीओ बिक्री नभएर समय थप गर्नुपर्ने अथवा पटक पटक बिक्रीका लागि सूचना निकाल्नुपर्ने अवस्था थियो ।
तर अहिले आम मानिसको सेयर बजारप्रतिको बुझाइ फेरिँदा समग्र सेयर बजारको सिनारियो नै फेरिएको छ । सेयरको प्राथमिक बजारमा लगानीकर्ताहरुको आकर्षण बढेको हो ।
नेपाल इन्फ्रास्ट्रक्चर बङ्कको आईपीओलाई हेर्ने हो भने यसमा हालसम्मकै उच्च १५ लाख २९ हजार ४ सय ६० जनाको आवेदन परेको छ । सीडीएस एन्ड क्लियरिङ लिमिटेडको तथ्याङ्कअनुसार १८ करोड १२ लाख ८६ हजार ७ सय २० कित्ताका लागि आवेदन परेको हो । कुल १८ अर्ब १२ करोड ८६ लाख ७२ हजार रुपैयाँ बराबरको आवेदन परेको छ ।







